दुर्घटना वा अशक्तता सुरक्षा योजना अन्तर्गत
शिशु स्याहार भत्ता
शिशु स्याहार भत्ता योजनाले नवजात शिशुको स्याहारसँग सम्बन्धित खर्चहरूमा सहयोग पुर्याउन दर्ता भएका सदस्यहरूलाई आर्थिक सहायता प्रदान गर्छ, जसले अभिभावकत्वको सुरुआती चरणमा पर्ने बोझ कम गर्न मद्दत गर्दछ।

यस प्रावधान अन्तर्गत, योगदानकर्ताले प्रति बच्चा नेपाल सरकारले तोकेको आधारभूत तलब, हाल रु. १०,८२० बराबरको रकम प्राप्त गर्नेछन्।
- जुम्ल्याहाको लागि: रु. १०,८२० × २
- तिम्ल्याहाको लागि: रु. १०,८२० × ३
- र सोही अनुसार, एकै समयमा जन्मेका शिशुहरूको संख्या अनुसार।
खर्च दावी कसरी गर्ने:
- वेब ब्राउजर (Web Browser) प्रयोग गरी SSF योगदान पोर्टलमा लगइन गर्नुहोस्।
- सबमिशन नम्बर (submission number) प्राप्त गर्नुहोस्।
- ("Claim Medical Expenses") छनौट गर्नुहोस् र "मातृत्व दावी" ("Maternity Claim") खण्डमा अगाडि बढ्नुहोस्।
-
निम्न मौलिक कागजातहरू अपलोड गर्नुहोस्:
- बच्चाको जन्म प्रमाणपत्र
- प्रसूति सम्बन्धी अस्पतालका कागजातहरू कागजातहरू
प्रमाणित भएपछि, दावी गरिएको रकम २-४ कार्य दिन भित्र तोकिएको बैंक खातामा जम्मा गरिनेछ।
योग्यताको शर्त:
यो लाभको लागि योग्य हुनको लागि, योगदानकर्ताले हालको आर्थिक वर्षमा खर्च भएको मितिभन्दा ६ महिना अघिको अवधिमा कम्तिमा ३ महिना योगदान गरेको हुनुपर्नेछ।